सम्राट न्यौपानेले ल्याए ‘ओ मेरी राधा’

सानाकुरा
११ असोज २०८३ १४:०९

काठमाडौं । गायक तथा संगीतकार सम्राट न्यौपानेको नयाँ रोमान्टिक गीत ‘ओ मेरी राधा’ सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत सिर्जना स्वयं सम्राट न्यौपानेको रहेको छ भने गायिका कृष्णा खनालले उनलाई स्वरमा साथ दिएकी छन्।

गीतको म्युजिक भिडियोमा कलाकार सौरभ न्यौपाने र सृष्टि महर्जनले मुख्य भूमिका निर्वाह गरेका छन्। भिडियोमा उनीहरूको अनस्क्रिन केमेस्ट्री र अभिनयलाई दर्शकले रुचाएका छन्।

सार्वजनिक भएसँगै गीतले स्रोत तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। ‘ओ मेरी राधा’ सम्राट न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


धेरै पढिएको